विपिनविरुद्ध ‘प्रसाद २’का निर्माताले दिए उजुरी



निर्माता र कलाकारबीच उत्पन्न विवादका कारण चलचित्र ‘प्रसाद २’ छायांकन स्थलमा पुगेर पनि छायांकन हुन सकेन । कास्कीको ल्वाङ गाउँमा क्यामेरा ‘अन’ गरेर छायांकनका लागि तयार रहेको अवस्थामा अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड मागेपछि निर्माताले चलचित्रको छायांकन रोकेका थिए । कास्कीबाट काठमाडौं फर्किएपछि चलचित्रको टिम र विपिनबीच कुराकानी र भेटघाट भएको छैन ।

विपिन सम्पर्कमा नआएको भन्दै निर्माता सुभाष थापाले चलचित्र सम्बन्धि दुई संस्था नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । उनले बिहीवार दुई संस्थामा विपिन कार्कीलाई चलचित्र खेल्नका लागि सहमति गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएका हन् । फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन पनि उनले दुई संस्थासँग अनुरोध गरेका छन् ।

निर्माता थापाले बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पनि यसबारेमा जानकारी गराएका छन् । बोर्डमा भने उनले उजुरी दिएका छैनन् । उनले ठूलोपर्दासँग भने, ‘चलचित्रमा ठूलो खर्च भइसकेको छ । कास्कीबाट फर्किएपछि विपिनजी हाम्रो सम्पर्कमा आउनुभएको छैन । हामीले फोन गर्दा पनि उठाउनु हुन्न । अनि, मैले बाध्य भएर कलाकार र निर्माता संघमा उजुरी दिएको हुँ ।’

कास्कीको ल्वाङ गाउँमा छायांकनअघि गाउँको रहन-सहन बुझ्न दुई हप्ता वर्कसप भएको थियो । वर्कसपपछि चलचित्रको मुहूर्त गरेर छायांकन गर्ने बेला विपिनले स्टोरी बोर्ड मागेको निर्माण टिमको भनाई छ । विपिनले पनि स्टोरी बोर्ड मागेको कुरा स्वीकार गरेका छन् । साथै, उनले सम्झौताअनुसार पारिश्रमिक नपाएका कारण पनि छायांकन गर्न आफू तयार नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu