शनिवार ‘प्रकाश’को उत्साहजनक व्यापार



काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘प्रकाश’ले दोश्रो दिन शनिवार उत्साहजनक व्यापार गरेको छ । अंकमा व्यवसायिक हिसाब आईनसकेको भएता पनि चलचित्र हलहरुमा दर्शकको उपस्थिती भव्य थियो । माउथ पब्लिसिटीमा अब्बल साबित भएको यो चलचित्रका शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु भरिभराउ देखिएका छन् । उपत्यका बाहिर पनि ८० प्रतिशत अकुपेन्सी आँकलन गरिएको छ ।

मल्टिप्लेक्सहरुले शुक्रबार भन्दा शनिवारको व्यापार धेरै रहेको कारण आइतवारदेखि अझै दर्शक हलसम्म पुग्ने बिश्वास गरेका छन् । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् ।

प्रकाश हेर्दै दर्शक

नायक प्रदिप खड्काको स्टारडम, दिनेश राउतको सिनेमा लिगेसी तथा कथावस्तुका कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार थप आक्रामक ब्यापार गरेको आँकलन गरिएको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्र्व संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu