ललित भुसालको ‘क्रस्ड वीङ्स’ रोयल स्टार फिल्म फेस्टिभलमा छनोट



ललित भुसालले निर्देशन गरेको अंग्रेजी चलचित्र ‘क्रस्ड वीङ्स’ अमेरिकाको मिसिगन राज्यमा हुने रोयल स्टार फिल्म फेस्टिभलमा छनोट भएको छ । यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल उक्त चलचित्र यही सेप्टेम्बर ११ का दिन हुने फेस्टिभलमा छनोट भएको हो । उक्त चलचित्र अहिलेसम्म ५० भन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भइ विभिन्न विद्यामा पुरस्कृत पनि भएको छ ।

सानै छँदा बालिकाको संवेदनशील यौनाङ्ग काटिदिने कुप्रथासँग सम्बन्धित यो विश्वकै पहिलो अंग्रेजी चलचित्र भएको निर्देशक भुसालले बताए । चलचित्रले बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न बाध्य पार्ने उनको दाबी छ । बेलायत, भारत र नेपालमा छायांकन गरिएको चलचित्र कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिकाको दुर्भाग्यपूर्ण जीवनयात्रामा आधारित छ ।

उनले बाल शोषणको विषयमा चलचित्र बनाउनुको कारणबारे निर्देशक भुसालले भनेका छन्, ‘मैले यो कुसंस्कारको विषयमा कुनै पनि चलचित्र बनेको थाहा पाइनँ । एसियाको करोडौं डलरको चलचित्र उद्योग र पश्चिमा चलचित्र उद्योगले पनि यसलाई समटेको देखिनँ । त्यसपछि मैले यसबारे गहिरो अनसुन्धानपछि चलचित्र थालनी गरें ।’ नेपालमा समेत यस खालको कुरीति हुनसक्ने उनले बताए ।

चलचित्रमा नेपालसहित ससांरभरका स्थापित र आकांक्षी झण्डै ५० जना कलाकार समेटिएका निर्देशक भुसालले जनाए । क्याम बुद्ध फिल्म्स लिमिटेडले चलचित्रको निर्माण गरेको हो । बुटवल स्थायी घर भएका ललित भारत हुँदै सन् २००० देखि बेलायतमा छन् । सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेका छन् । सन् २००३ तिर एउटा बलिउड चलचित्रमा अभिनय गरे पनि उक्त चलचित्र रिलिज नभएपछि विक्षिप्त बनेका उनी आफैंले केही गरौं भन्ने अठोटका साथ निर्देशनमा होमिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu