‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाए सुन पुरस्कार पाइने



हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तीजको दिन मंगलबार विहान ६ बजेदेखि चलचित्रका तीनवटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् ।

पुरस्कार जित्नका लागि उक्त टिकटकमा #skmfilm अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ । महिला र पुरुषले संयुक्त वा छुट्टा-छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन् ।

भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ । यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन् । प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै टिकटक भिडियो बनाउन पाउनेछन् ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको ९० प्रतिशत सुटिङ बेलायतमा भएको हो । चलचित्रको ट्रेलर हेरेपछि सामाजिक सञ्जालमा दर्शकहरुले मेकिङ शैलीको प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu