मोरङ क्षेत्र नं. ३ बाट रेखा थापाको नाम सिफारिस



राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङ क्षेत्र नं. ३ बाट उनी चुनाव लड्ने लगभग निश्चित झैं छ । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम सिफारिस गरेको छ ।

यद्यपि, उनलाई टिकट दिने वा नदिने भन्ने अन्तिम निर्णय पार्टीको केन्द्रिय कमिटीले गर्नेछ । एकल नाम पार्टीमा गएकाले रेखा मोरङ क्षेत्र नं. ३ बाट चुनाव लड्ने निश्चित झैं बनेको हो । रेखाले मोरङ ३ बाट चुनाव लड्न आफू तयार रहेको बताएकी छन् । मंगलवार विहान मात्र उनी गहृजिल्ला पुगेकी छन् ।

मोरङ क्षेत्र नं. ३ एमालेका प्रभावशाली नेता भानुभक्त ढकालको क्षेत्र हो । यो क्षेत्रमा एमालेको बलियो पकड छ । त्यसैले रेखालाई ‘सेफ ल्यान्डिङ’ गर्न राप्रपाले एमालेसँग तालमेल गर्ने सम्भावना बलियो छ । राप्रपाबाट राजनीतिमा सक्रिय भएपछि रेखा चलचित्र निर्माण र अभिनयमा निस्क्रिय जस्तै देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu