खल्ती र क्यूएफएक्सबीच सम्झौता, पूजाले काटिन् पहिलो टिकट



डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती एप र देशकै सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सबीच सम्झौता भएको छ । बुधवार ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब, दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् ।

खल्तीबाट टिकट काट्दा ५० सेकेन्डभन्दा बढी समय नलाग्ने खल्तीका खल्तीका सिइओ बिनय खड्काले बताए । उनले भने, ‘नेपाली चलचित्रको प्रमोसन र चलचित्रको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्ती एपले नयाँ सोच लिएर अगाडि बढेको हो । नेपाली चलचित्रप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि थप सहज होस् भनेर क्यूएफएक्ससँग हामीले सहकार्य गरेका हौं ।’

कार्यक्रममा खल्ती एपबाट नायिका पूजा शर्माले आफू अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट बुक गरेकी छिन् । उनले भनिन्–‘नेपाली चलचित्र हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त हुनुभएको छ । खल्तीले नेपाली चलचित्रको प्रमोशनका लागि देखाएको चासोले खुसी छु ।’ ‘सम्हालिन्छ कहिले मन’ शुक्रबारदेखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu