यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर



प्रतिक्षीत नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा डब भएर असोज ७ गतेबाट नेपालसँगै भारतका हलमा प्रदर्शन हुन लागेको चलचित्रको १ मिनेट ५८ सेकेन्डको ट्रेलर ‘पावर प्याक्ड’ छ । चलचित्रको कथा राजगद्दी र प्रेम-गीत पात्रको वरिपरी घुमेको ट्रेलरले प्रस्ट्याउँछ । चलचित्रको नेपाली भर्सनको ट्रेलर भने सार्वजनिक गरिएको छैन ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

चलचित्रको यसअघि नेपाली र हिन्दी भर्सनमा निर्माण टिमले दुईवटा ‘पावरफुल’ टिजर सार्वजनिक गरेको थियो । जसमध्ये दर्शकको ठूलो जमातले हिन्दी भर्सनको टिजर मन पराएको छ । चर्चित साउथका कलाकारहरुले अभिनय गरेको चलचित्रको हिन्दी डबमा आवाज दिएका कलाकारहरुले नै ‘प्रेमगीत ३’को डबिङ गरेका हुन् । यसकारण पनि दर्शकमाझ चलचित्रको हिन्दी डब प्रतिक्षीत छ ।

ढुंगेयुगको कथामा निर्माण भएको ‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने पहिलो चलचित्रको इतिहास बनाउँदैछ । लकडाउनमा निर्माता सेनले भारतीय टीभीमा रिलिज गर्ने गरी मुम्बईमा चलचित्रको डबिङ गरेका थिए । तर, भारतका वितरकले चलचित्र मन पराएपछि हलमै प्रदर्शन गर्ने वातावरण बनाए । अहिले सन्तोषसहितको टिम भारतमा चलचित्रको प्रचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu