निर्माता संघको अध्यक्ष नवल र महासचिवमा थापा निर्विरोध निर्वाचित



नेपाल चलचित्र निर्माता संघको अध्यक्षसहित सम्पूर्ण पदमा निर्विरोध भएको छ । महाधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा नवल खड्काको मात्र अध्यक्ष पदमा उम्मेदवारी पर्‍यो भने महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । दुई उपाध्यक्ष पदमा उदय सुब्बा र दीपेन्द्र के खनाल चयन भए ।

त्यस्तै, संघको सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् ।

कार्यसमिति नै निर्विरोध भएपछि अब चुनावी सभा नहुने भएको छ । अब सभाले नयाँ कार्यसमितिको घोषणा मात्र गर्नेछ । निर्माता संघको शनिबार १६ औं वार्षिक साधारण सभामा हुँदैछ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu