‘के घर के डेरा’को फर्स्टलुक पोस्टरमा यस्ता देखिए दयादेखि विपिनसम्म



कार्तिक ४ मा रिलिज हुने चलचित्र ‘के घर के डेरा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएका छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् ।

एक पोस्टरमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई-कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाशतिर हेरेका छन् । तेस्रो पोस्टरमा वर्षालाई खुसि बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य छ । पृष्ठभुमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu