प्रदेश सभा सदस्यका लागि रोज राणाको नाम सिफारिस



नेपाली कांग्रेसका नेता तथा निर्माता, कलाकार एवं निर्देशक रोज राणाको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस भएको छ । कांग्रेस प्युठान प्रदेश (ख) का क्षेत्रीय सभापति समेत रहेका उनको नाम क्षेत्रीय समितिले पहिलो नम्बरमा राखेर जिल्लामा सिफारिस गरेको हो । अब कांग्रेसको प्युठान जिल्ला कमिटीले उनलाई प्रदेश सदस्यको उम्मेदवार बनाउने वा नबनाउने भन्ने निर्णय गर्नेछ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्युठान प्रदेश सभातर्फ (ख) का लागि रोजसहित मेनका घिमिरे र शालिकराम पण्डितको नाम क्षेत्रीय समितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका नजिकका पात्र मानिने रोज राणाले प्रदेश सभा सदस्यका लागि टिकट पाउने सम्भावना प्रवल रहेको जानकारी प्राप्त छ ।

प्रदेश सभा सदस्यको उम्मेदवार बन्न रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा समेत उम्मेदवारी दिएनन् । उनी निर्माता संघका अहिलेका महासचिव हुन् । अध्यक्षका लागि उनी प्रवल दाबेदार थिए । तर, बिहीवार भएको मनोनयन प्रक्रियामा उनले कुनै पदमा उम्मेदवारी दिएनन् । जसले गर्दा अध्यक्षमा एकल उम्मेदवारी परेपछि नवल खड्का निर्विरोध निर्वाचित भए ।

‘दादागिरी’बाट चलचित्र निर्माणमा हात हालेका रोजले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नी तिम्रो’ लगायतका चलचित्रमा अभिनय पनि गरे । चलचित्र ‘जय पशुराम’बाट निर्देशनमा समेत हात हालेका उनले पछिल्लो पटक चलचित्र ‘मेरो पैसा खोइ ?’को निर्माण तथा निर्देशन गरेका थिए । लकडाउनमा उनले ‘खलनायक २’ बनाउने घोषणा गरेका थिए । तर, यो चलचित्र बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu