‘माया जदौ’पछि ‘हिजो आजका कुरा’को ‘परदेश’ गीत सार्वजनिक



आगामी असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको साकार पन्तको डेब्यू निर्देशित चलचित्र ‘हिजो आजका कुरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेश’ बोलको वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ रहेको भने एकतारे र निर्देशक पन्तको शब्द रचना छ । गीतको भिडियोमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ ।

२०७७ सालको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै २०७६ सालको फागुनमा निर्माण टिमले चलचित्रमा समावेश ‘माया जदौ’ बोलको गीत सार्वजनिक गरेको थियो । त्यसबेला यो गीत निकै चल्यो । यूट्युबमा यो गीतलाई २ करोडभन्दा बढीले हेरेका छन् । तर, कोरोना महामारीका कारण चलचित्र भने रिलिज हुन सकेन । ‘माया जदौ’ गीतकै कारण दर्शकमाझ चलचित्र प्रतिक्षीत छ ।

१८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको चलचित्रले कुनै न कुनै रुपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।

सन्तोष र रमासँगै चलचित्रमा केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ । रवि सायमीले छायांकन गरेको चलचित्रमा प्रतिभा पन्त कार्यकारी निर्माता, सन्तोष पन्त र सकार पन्त निर्माता तथा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu