कला निर्देशक तथा कलाकार उद्धव भट्टराई ‘जुङ्गे’को निधन



भेषभुषा डिजाइन, कला निर्देशक तथा कलाकार उद्धव भट्टराई (जुङ्गे)को निधन भएको छ । जन्मथलो बैतडीबाट उपचारका लागि काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको हो । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।

उनले एकसेएक सुपरहिट नेपाली चलचित्रमा कला निर्देशकको रुपमा काम गरेका छन् । उनले कला निर्देशनसँगै फिल्ममा भेषभुषा समेत हेर्ने गर्दथे । तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन थिए । आफू नजिक चलचित्रकर्मीसँग उनले चलचित्र क्षेत्रले आफूलाई विर्सिएको गुनासो गर्ने गरेका थिए । उद्धव भट्टराई (जुङ्गे) ४ दशकदेखि चलचित्रमा सक्रिय थिए ।

नेपाल सरकारबाट विभुषित भट्टराई नेपाल आर्मीको गुर्जु पल्टनमा पुराना कला-कृतिको निर्माण समेत गर्ने गर्दथे । कयैन् पुरस्कार र अवार्डबाट सम्मानित भट्टराईको शनिवार दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । लामाले भट्टराईको राजकीय सम्मानसहित अन्तिम संस्कारका लागि सरकारसँग पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu