सुप्रिया र सुदर्शन आमा-बुबा बन्दै



२०७८ सालको असोज २२ गते विवाह बन्धनमा बाँधिएका अभिनेत्री सुप्रिया कटुवाल र निर्देशक तथा निर्माता सुदर्शन थापा आमा-बुबा बन्ने भएका छन् । शुक्रवार साँझ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न पुगेको समयमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सुप्रियाले आफू आमा बन्न लागेको खुसी साटेकी हुन् । उनले पाँच महिनापछि खुसीको खबर सुन्न पाइने बताइन् ।

सुदर्शनले आफूले जीवनभर नेपाली चलचित्र इन्डस्ट्रीकै लागि सास फेर्ने र आफ्नो नयाँ पुस्ताले पनि चलचित्रमा काम गरेको हेर्ने इच्छा रहेको बताएका छन् । उनले भने- ‘म वर्षौंदेखि नेपाली चलचित्र इन्डस्ट्रीमा छु र सदा रहन्छु । मेरो अर्को पुस्ताले पनि चलचित्रमै काम गरोस् भन्ने लाग्छ । तर, सबैको आ-आफ्नो इच्छा र चाहना हुन्छ । र, हामी उनीहरुले जुन क्षेत्र रोज्छन् त्यसमा खुसी हुन्छौं ।’

अहिले सुप्रियाको गर्भमा ४ महिनाको शिशु हुर्किरहेको छ । एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत उनी अहिले घरमा आराम गरिरहेकी छन् । उनले चलचित्र ‘साढे सात’बाट अभिनेत्रीको रुपमा समेत डेब्यू गरेकी थिइन् । सुदर्शन निर्देशित नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भने शुक्रवारबाट हलमा प्रदर्शनरत छ । शनिवार चलचित्र देशभर हाउसफुल थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu