चर्चित हाँस्य कलाकार तथा चलचित्र निर्माता किरण केसी ‘राता मकैं’ले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर चलचित्र बनाउने इच्छा व्यक्त गरेका छन् । केपी ओली चलचित्रमा काम गर्न तयार भएको खण्डमा पारिश्रमिक स्वरुप १० लाख ११ हजार दिने पनि उनले घोषणा गरेका छन् ।

हालै एक अन्तर्वार्तामा उनले भने, ‘हामीहरुले लेख्ने पञ्चलाइनहरु केपी ओलीले बोलिरहनुभएको हुन्छ । उहाँको शरीरमा कला र हाँस्य व्यंग्य प्रचुर छ । उहाँ चलचित्र खेल्नु हुन्थ्यो भने म खेलाउँछु । उहाँले चलचित्र खेल्ने हो भने १० लाख ११ हजार म दिन्छु । उहाँलाई दुई दिन मात्र सुटिङ गराउँछु । त्यो पनि दुई दिन ३/३ घन्टा मात्र ।’
किरणले नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीलाई पनि चलचित्र खेलाउन तयार रहेको किरणले बताएका छन् । उनले भनेका छन्, ‘यदि रामकुमारी झाँक्री बहिनीले मान्छिन् भने म आफैं जोडी भएर काम गर्छु । मलाई उहाँ असाध्धै मन पर्छ । उहाँलाई अहिलेका चलेका हिरोइन बराबरै पारिश्रमिक दिनेछु ।’