‘के घर के डेरा’को नयाँ पोस्टरमा निदाएका दयाहाङ र निराश सुरक्षा



दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पहिलो चरणको पोस्टरमा कलाकारहरु दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झा देखिएका थिए । नयाँ पोस्टरमा एउटै ओछ्यानमा पल्टिएका परिवारका तीन सदस्यहरुको फरक-फरक मनोदशा देख्न सकिन्छ ।

दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । सुरक्षा पन्तलाई निराश मुद्रामा निदाउन नसकेको अवस्थामा चित्रण गरिएको छ । चलचित्रमा उनीहरु काठमाडौंमा डेरामा बस्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ । यो पोस्टरले दर्शकमा चलचित्रप्रति थप कौतुहलता सृजना गर्न सक्छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा सिंगे लामाको कथा छ ।

दिर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu