दशरथ रङ्गशालामा हुने ‘दसैँ फेस्ट’मा नितेशदेखि त्रिशालासम्मले प्रस्तुती दिने



नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा सांगीतिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजंग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।

२० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो सांगीतिक महोत्सवले सहरी युवावर्गमा बडा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने, बर्षौदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउनेका साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।

महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू पाउनेछन् । विगत २० वर्षदेखि काठमाण्डौंलगायत नेपालका प्रायः सबै शहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सवलगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो महोत्सवको आयोजना गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu