बलात्कारको मुद्दामा पललाई सफाइ, तर २ वर्ष ६ महिनाको कैद सजाय



नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको छ । मंगलवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर यो फैसला गरेका हुन् ।

यस्तै, अदालतले २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ । एक नाबालिगले जबर्जस्ती करणी मुद्धामा उजुरी दिएपछि शाह पुर्पक्षका लागि थुनामा थिए । ती नाबालिगका पिताले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा छोरीलाई जबर्जस्ती करणीको गरेको भन्दै शाहविरुद्ध उजुरी दिएका थिए ।

पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । तर, पछि अदालतमा बहस सुरु भएपछि नाबालिग र उनका पिताले बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेका थिए ।

पीडित र जाहेरवालाले बयान फेरेका कारण पलले जबर्जस्ती करणीको मुद्धामा सफाइ पाएका हुन् । पल शाह विगत ७ महिनादेखि तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । २ वर्ष ६ महिनाको कैद सजायमा ७ महिनाको अवधि जोडिने छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu