कैद सजायको फैसलाविरुद्ध पल पुनरावेदनमा जाने



मंगलवार नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्धामा सफाई दियो । तर, बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार जरिवानाको फैसला सुनाएको छ । साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि शाहलाई अदालतले आदेश दिएको छ । अदालतको यस फैसलाविरुद्ध पल पुनरावेदनमा जाने भएका छन् ।

पल शाहका नीजि वकिल कमलामोहन वाग्लेले जिल्ला अदालतको फैसला गलत रहेकाले पोखरा उच्च अदालतमा पुनरावेदन गरिने जानकारी दिए । कुनै पनि मिसिल वा प्रमाणले कसुर प्रमाणित नहुने भएकाले अब आफूहरु उच्च अदालत जाने उनले बताए । पीडितले आफूमाथि कुनै यौन हिंसा नभएको भन्दा भन्दै अदालतले गरेको फैसलाले शाहको छविमा दाग लागेको उनको भनाई छ ।

जिल्ला अदालतको फैसलाले पीडितमाथि पनि अन्याय भएको र पीडितले आफूलाई केही भएको छैन भन्दा पनि शाहले यौन हिंसा गरेको भन्दै कैद सजाय सुनाउनु गलत रहेको वाग्लेले बताए । यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्चले जिल्लाकै फैसलालाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu