‘हिजो आजका कुरा’को ट्रेलरमा परिवारको कथा



चर्चित हाँस्य कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अमेरिकी सपना र संघर्षले परिवार र सम्बन्धमा पारेको असरलाई देखाइएको छ । यो चलचित्र बडा दशैंपछि असोज २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेल लगायतको अभिनय छ । रवि सायमीले छायांकन गरेको चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको चलचित्रले कुनै न कुनै रुपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।

फरक सोचका कुरा, बेथितीका कुरा, विदेशिएकाहरुका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई गठजोड गरेर ‘हिजो आजका कुरा’ बनाएको निर्देशक पन्तले बताए । कलाकार सन्तोष पन्तले चलचित्रमा नयाँ कुरा केही नभएको बताउँदै हरेक नेपालीले घरमा भोगिरहेकै कुरा मात्र चलचित्रमा रहेको प्रस्ट्याए । नेपाली समाजकै वर्तमान अवस्थालाई चलचित्रमा चित्रण गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu