नेपाल भाषाको ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक



नेपाल भाषाको चलचित्र ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र अशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ लाखे आजुको निर्माता हुन् । चलचित्रको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

नेपाल भाषाको पौराणिक कथा उठान गरेको चलचित्रमा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । चलचित्रमा कलाकार मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।

चलचित्रमा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना, दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu