माग पुरा नभएको भन्दै सोमबार चलचित्र हल बन्द गर्ने चलचित्र संघको निर्णय



काठमाडौँ। हल संचालकहरुको संस्था नेपाल चलचित्र संघले सांकेतिक रुपमा विरोधस्वरुप यहि सोमबार नेपालभरमा चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । आफ्ना मागहरु सम्बोधन नभएको भन्दै बिहिबार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल चलचित्र निर्माता संघले अबदेखि शुक्रबार मात्रै चलचित्र प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको बताएको छ । चलचित्र संघको यो निर्णयलाई निर्माता संघसँग मात्र जोडेर हेरिएको भने छैन । चलचित्र विकास बोर्डले सेन्सर अगावै टिकट बिक्रि गर्न बन्देज लगाएपछि त्यसको बदलास्वरुप विदेशी चलचित्रका वितरकहरु तथा हलवालाहरुको मिलिमतोमा नेपाली चलचित्रहरुका शो टाइम समेत नखुलाईएको आरोप लागेको छ ।

त्यस्तै, बिहिबार अबेरसम्म पनि दुई भारतिय चलचित्रको सेन्सर कोड नआईपुगेको कारण शुक्रबारबाटै हल बन्द गर्ने तयारी भएतापनि बिहिबार अबेर सेन्सरको प्रक्रिया अगाडी बढेको कारण सोमबार देखि आन्दोलनमा जान लागेको आरोप समेत चलचित्र संघलाई लागेको छ ।

स्मरण रहोस् केहि समय अगाडी मात्र रिलिज भएको दक्षिण भारतिय चलचित्र ‘केजिएफ २’ देखाउन रातभरी हल संचालन गरिएका थिए ।

चलचित्र संघद्वारा जारी विज्ञप्ती
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu