फ्राइडे रिलिजमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’



फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तु र फरक शैलीमा निर्माण भएका यी दुई चलचित्रलाई मल्टीप्लेक्समा भने शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउडको ठूलो चलचित्र ‘ब्रहास्त्र’ चुनौती बन्ने देखिन्छ । यो चलचित्रलाई मल्टीप्लेक्समा उच्च शो र बुकिङ मिलेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड समेत जितेको ‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । चलचित्रका निर्माता आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र निर्देशक सुजित बिडारी हुन् । केही दिन अगाडि भएको प्रिमियरमा चलचित्रले वाहवाही बटुलेको थियो ।

त्यस्तै, गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । समिर गुरुङ, गौमाया गुरुङ, ओली बस्सी, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको चलचित्रमा अभिनय छ ।

चलचित्रको कथा प्रदीप स्वयंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा विनोद सुवेदी खत्री कार्यकारी निर्माता र मधु गुरुङरप्रयास गुरुङ निर्माता रहेको चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुलारीको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu