किन स्टेशन फाइभ छाड्दैछन् निश्चल ?



निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफू शेयर होल्डर रहेको चलचित्र वितरक कम्पनी स्टेशन फाइभ छाड्ने संकेत गरेका छन् । उक्त कम्पनीले चलचित्र ‘ऐना झ्यालको पुतली’को वितरण अधिकार लिएर बलिउड चलचित्र ‘ब्रहास्त्र’ पनि नेपाल भित्राएपछि निश्चल स्टेशन फाइभबाट अलग हुन लागेका हुन् । ‘ब्रहास्त्र’का कारण ‘ऐना झ्यालको पुतली’ले मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ ।

निश्चलले फेसबुकमा लेखेका छन्, ‘शो खुल्यो भनेर एकछिन खुशी भएँ । हेर्नै पर्ने चलचित्र भनेर भनिएको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’लाई दिइएको शो संख्या र समय हेर्दा आफ्नै गालामा ताली बजाउन मन लागेको छ । दिइएको शोमा कति दर्शक आउँछन् त्यो थाहा छैन, आनन्द आउने चलचित्र चाहिँ बनेको छ । म आफैंले बनाएको चलचित्र भन्दा फरक र उत्कृष्ट छ । हेर्न अनुरोध गर्छु ।’

उनले स्टेशन फाइभ छाड्ने विषयमा अगाडि लेखेका छन्, ‘म आफैं पार्टनर भएको कम्पनी स्टेशन फाइभले वितरण गरेको हुँदा आफूलाई लाज लागेको छ केही गर्न नसकेकोमा । सो कम्पनीमा रहिरहन अब सक्दिनँ होला ।’ स्टेशन फाइभमा निश्चलसँगै प्रचण्डमान श्रेष्ठलगायत शेयर होल्डर छन् । कम्पनीलाई भने प्रचण्डमानले सम्हाल्दै आएका छन् । ‘ब्रहास्त्र’ उनकै बलबुतोमा नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu