आगामी कात्तिक १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका अभिनेताद्वय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्मित चलचित्रको टिजरमा कालिन्चोकको लोभलाग्दो दृश्य पनि देख्न सकिन्छ ।

अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् भने कथा पनि उनले नै लेखेका हुन् । चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा राहुल राईको छायांकन, प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ ।
चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।