‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज, राहत फतेह अली खानको स्वर



असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज भएको छ । भारतका चर्चित पार्श्व गायक राहत फतेह अली खानको स्वर रहेको ‘जहान भी जाओ’ बोलको रोमान्टिक गीतमा डीएच हार्मोनीको कम्पोज र हरी शंकर सुफीको शब्द रचना छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् ।

ढुंगे युगको कथामा निर्माण भएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । सन्तोष सेन निर्मित चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, जीवन भट्टराई, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको पनि अभिनय छ । चलचित्रलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई संजय सांकला, बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रको कथा स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । भारतका प्रख्यात डबिङ आर्टिस्टहरुले हिन्दी डब गरेको ‘प्रेमगीत ३’ भारतमा १५ सय बढी हलमा प्रदर्शन हुने जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu