निर्देशक दिनेश लिङ्देनले प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी दिने



काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा निर्माता तथा निर्देशक दिनेश लिङ्देनले एक मात्र संघीय क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।

निर्माता तथा निर्देशक लिङ्देनले सीप-योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रिय कमिटिमा रहेर काम गरिसकेका छन् । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरुबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पाटीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे । दिनेशले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu