चलचित्र संघले फिर्ता लियो सोमबार हल बन्द गर्ने निर्णय



नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार देशभरका हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको नेपाल चलचित्र निर्माता संघसँगको छलफलपछि संघले तत्कालका लागि हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो । निर्माता संघले गरेका केही निर्णयमा आपत्ति जनाउँदै संघले आन्दोलनको संकेत स्वरुप हल बन्दको निर्णय गरेको थियो ।

आगामी दिनमा चलचित्र क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिल कुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

दुई संस्थाबीच भएको छलफलमा दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के। खनाल, ज्ञानेन्द्र देउजा, भाष्कर ढुंगाना, प्रज्ज्वल राणा, खगेन्द्र लामिछाने, किरण नेपालीलगायतको उपस्थिति रहेको थियो । हल बन्द फिर्ता गर्ने चलचित्र संघको निर्णयलाई चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । संघले सोमवार हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शनरत नेपाली चलचित्रका निर्माताहरु तनावमा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu