नाजिर र सञ्चिताको अभिनय रहने ‘गुलाबी’को शुभ साइत



समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘गुलाबी’को कास्कीमा शुभ साइत गरिएको छ । शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । चलचित्रमा नाजिर हुसेन मुख्य अभिनेता छन् । यसैसाता नाजिरले सेट ज्वाइन गर्ने र चलचित्रको औपचारिक छायांकन सुरु हुने निर्देशक भट्टले बताइन् ।

चलचित्रलाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ । भदौ अन्तिम साताबाट फ्लोरमा जाने पुर्वनिर्धारित तालिका अनुसार निर्माण टिम छायांकनको लागि निस्केको हो । दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ । चलचित्रमा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा रहनेछन् ।

निर्देशक भट्टकै कथामा बन्न लागेको चलचित्रले पारलैङ्गिकताको कथा बोल्नेछ । चलचित्रमा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मससँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।

भद्र भुजेल एसोसिएट निर्देशक रहने चलचित्रमा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सीमा गुरुङको शृङ्गार रहनेछ । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केही वर्ष पहिले ‘आधा पेज’ नामको चलचित्र निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu