कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट



लोकप्रिय गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार दुवै पक्षका परिवारको उपस्थितिमा उनीहरुले बिहेको वाचा गर्दै एकअर्कालाई औंठी लगाएका हुन् । दुवैले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको तस्विरहरु समेत सार्वजनिक गरेका छन् ।

दुवैले एउटै स्टाटस र तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल र मेलिना विगत केही समयदेखि गहिरो प्रेममा थिए । उनीहरुले एकसाथ ‘फिक्का फिक्का’, ‘म गीत हुँ तिम्रो २’, ‘गुनगुनाउने बानी’ लगायतका गीत समेत गाएका छन् । कमल गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu