प्रदेश सभा सदस्यमा निर्माता तथा वितरक करण श्रेष्ठको नाम सिफारिस



चलचित्र निर्माता, कलाकार तथा वितरक करण श्रेष्ठको नाम प्रदेश सभा सदस्यमा सिफारिस भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट करणको नाम सिफारिस भएको हो । पार्टीले बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्षतर्फ उनको नाम प्रदेश सभा उम्मेदवारमा सिफारिस गरेको हो ।

पार्टीको बागमती प्रदेशको अध्यक्ष समेत रहेकाले करण यसअघि उपाध्यक्ष थिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनको सुमधुर सम्बन्ध छ । यसैले पनि उनले प्रदेश सभा सदस्यमा टिकट पाउने सम्भावना बलियो छ । टिकट पाएर निर्वाचित भए आफूले चलचित्र क्षेत्रका लागि पनि काम गर्ने उनले बताए ।

करण भन्छन्, ‘मेरो आधा जीवन चलचित्र क्षेत्रमै वित्यो । बाँकी जीवन पनि यही क्षेत्रमा वित्नेछ । त्यसैले टिकट पाएर प्रदेश सदस्यमा जिते भने देश र जनताका साथै चलचित्र क्षेत्रका क्षेत्रका लागि पनि धेरै काम गर्छु,’ उनले भने । ‘ओम’, ‘जंजीर’ चलचित्रको निर्माण गरेका करणले केही चलचित्रमा अभिनय पनि गरेका छन् । पछिल्लो समय उनले जिजिए ग्रुपबाट चलचित्रको वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu