मिलेनियम तण्डुकार शाहले जिते ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को उपाधि



काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जितेका छन् । भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ५ फिट ११ ईञ्च शारीरिक उचाइ भएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाधि चुमेका हुन् ।

विजेता तण्डुकारले यो उपलब्धिसंगै यही नोभेम्बर ३ देखि ७ सम्म थाईल्याण्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाईसको टाइटल अवार्ड समेत जितेका छन् । फेसन मोडलको रुपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका मोडल तथा अभिनेता दिक्पाल कार्कीले ‘मोडल अफ द वर्ल्ड २०१८’ को उपाधि नै जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्याजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको पुरुष मोडलहरुको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धिहरुलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । ती मध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बासडर तथा कमल कुमार चौधरीले यूथ एम्बासडरको उपाधि जितेका छन् ।

शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, आभिनेष श्रेष्ठले मिस्टर फिजिक्स, अंकित प्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, टेलिभिजनकर्मी बिना श्रेष्ठ, भारतको नन्दनी हर्बलका प्रवन्ध निर्देशक हितेश लिम्बानी, म्यानहन्ड इन्टरनेशनल नेपाल २०१२ सनिश शाक्य, अभिनेता एसराज गराच, फेसन कोरियोग्राफर हिमानी सुब्बा, फेसन डिजाइनर रोबिन परियार, फेसन डिजाइनर ज्वालाराज पोखरेल, फेसन डिजाइनर सुक्निता चौलागाईं, मेकअप आर्टिष्ट शैलजा शाह, हेयर स्टाइलिष्ट सोनु कर्ण तथा मिसेस आइकन भक्तपुर २०२१ सोनिया झ्याखो निर्णायकको रुपमा रहेका थिए ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की हुन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu