‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक



देवेन्द्र पान्डेद्वारा निर्देशित गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि चलचित्रका निर्माता मणि नेपाली पनेरुद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो ।

मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजिएको छ । चलचित्रका मुख्य कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीबीचको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथालाई पनि ट्रेलरमा देखाइएको छ ।

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर चलचित्र निर्माण भएको हो ।

क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पुर्ण नेपालीको एकल संगीत रहेका चलचित्रका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक-गायिकाहरुको स्वर छ । ट्रेलर सार्वजनिक गरिए पनि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालअघि चलचित्रलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu