क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी



गायिका तथा मोडल समीक्षा अधिकारीले आफूले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् । उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै आफूले भोगिरहेको एउटा दुखद् घटनामा क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय पनि नभएको स्पष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्विर र गाली-गलौजले आफूमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै लेखेकी छन्, ‘सामाजिक सञ्जालमा मेरोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली-गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला ।’

गायिका अधिकारीले आफ्नो अस्मिता रक्षाका लागि आफू आफ्नो ठाउँमा अडिग रहेको र सबैको साथ-सहयोग र सकारात्मक विचारले आफ्नो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu