किन तनाव र दबाबमा छिन् अदिती ?



चलचित्र ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू अदिती बुढाथोकीले चार वर्षपछि कमब्याक गरेको होम प्रोडक्सनको चलचित्र ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रमा उनको जोडी धिरज मगर र धिरज टोटलानीसँग बाँधिएको छ । लामो समयको विश्रामपछि चलचित्रमा फर्किएकाले अदिती केही तनाव र दबाबमा छिन् ।

‘कृ’मा भन्दा बढी स्ट्रेस महसुस भएको बताउने उनी यो चलचित्र आफ्नो लागि विशेष रहेको बताउँछिन् । ‘बाबरी’को क्यारेक्टर निर्वाह गर्न चुनौती भएको पनि अदितीको भनाई छ । उनी भन्छन्, ‘पहिलो चलचित्रभन्दा ‘बाबरी’मा मेरो क्यारेक्टर धेरै नै फरक छ । दुवै चलचित्रको क्यारेक्टर त गाउँकै हो तर ‘बाबरी’मा मेरो क्यारेक्टर बोल्ड, पढेलेखेको, आफ्नो निर्णय आफैंले गर्न सक्ने, कसैसँग नडराउने खालको छ । यसमा मैले ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्केर अभिनय गरेको छु ।’

होम प्रोडक्सनको चलचित्रमा काम गर्दा धेरै तनाव हुने गरेको अभिनेत्री बुढाथोकीको अनुभव छ । आमा-बुबा चलचित्र क्षेत्रमा नयाँ भएकाले धेरै कुरामा आफूले सघाउनु परेको उनी बताउँछिन् । तर, होम प्रोडक्सनको चलचित्र भएर भन्दा पनि आफ्नो दोस्रो चलचित्र भएकाले बढी तनाव र दबाब रहेको उनको भनाई छ । आफूप्रति दर्शकले राखेको अपेक्षा चलचित्रले पूरा गर्छ वा गर्दैन भन्ने डर रहेको उनले बताइन् ।

‘कृ’ प्रदर्शनपछि उनले अफर आएका कयैन् चलचित्र अस्वीकार गरेकी थिइन् । ‘कृ’पछि होम प्रोडक्सनको चलचित्र गर्ने फाइनल भएकाले अरु चलचित्रमा काम नभएको उनले स्पष्ट पारेकी छन् । ‘बाबरी’को प्रदर्शनपछि राम्रो स्क्रिप्ट र टिमबाट अफर आए बाहिरी ब्यानरको चलचित्र गर्ने उनको सोच छ । भारतमा मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेकी अदितीले केही हिन्दी गीतमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu