हलिउडका डविङ आर्टिस्टबाट लन्डनमा ‘गोर्खा वारियर’को डविङ



मिलन चाम्स निर्देशित तथा निर्मित चलचित्र ‘गोर्खा वारियर’लाई सन् २०२३ मा विश्वव्यापी रिलिज हुने लक्ष्यसहित यतिबेला लन्डनको एक स्टूडियोमा स्वरांकनको काम भइरहेको छ । हलिउडका लोकप्रिय डविङ आर्टिस्ट क्रिस्टोफर केन्टले यो चलचित्रको टिजर र ट्रेलरमा स्वरांकन गरेका छन् । उनले जेम्स बन्डको चलचित्र ‘नो टाईम टु डाई’, ‘फ्रोजन २’, ‘आर्टिमिस फल’का साथै कयौं हलिउड चलचित्रमा स्वर दिएका छन् ।

यसअघि ‘गोर्खा वारियर २’ नाम राखिएको भए पनि अब यो चलचित्र ‘गोर्खा वारियर’ नाममा प्रदर्शन हुनेछ । यसको दोश्रो संस्करण अर्को वर्ष निर्माण हुने निर्देशक चाम्सले जानकारी दिए । नेपाल, भारत, मलेशिया लगायतका देशमा छायांकन भएको चलचित्रलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले बताए ।

गोर्खा सैनिकले विश्व युद्धमा गरेको संघर्ष र सफलताको कथामा निर्माण भएको चलचित्रमा रितेश चाम्सको मुख्य नायकको रुपमा छन् । यो उनको डेब्यू चलचित्र हो । रितेशसँगै चलचित्रमा बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्माताको रुपमा सुरेश राई छन् । चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu