यस्तो छ ‘के घर के डेरा’को टिजर



कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ५८ सेकेन्ड लम्बाईको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुपमा टिजर केन्द्रित छ ।

एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक-बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाड्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्कोतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेका छन् । टिजर इन्टरटेनिङ र इन्गेजिङ छ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतको पनि अभिनय रहेको छ । सिंगे लामाको कथा रहेको चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंभित्रै भएको हो ।

चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu