‘बाबरी’ गीतमा रोमान्टिक धिरज र अदिती



सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’को तेस्रो गीत सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर, कालीप्रसाद बाँस्कोटा एवं सविन एकतारेको शब्द रचना र काली स्वयंले संगीत छ । चलचित्रको यसअघि दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ लोकप्रिय भइसकेका छन् ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु अदिती बुढाथोकी र धिरज नाडकर रोमान्टिक भावमा प्रस्तुत छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । यही चलचित्रबाट धिरजले नायकको रुपमा डेब्यू गरेका हुन् । चलचित्रमा धिरज र अदितीका अलावा धिरज मगर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छिन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा निर्देशक पौडेलको कथा, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu