फागुन ५ लाई ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय



चलचित्र ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले बिहीवार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी फागुन ५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले निर्माताले चलचित्र प्रदर्शनका लागि फागुन ५ को मिति रोजेका हुन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ मुख्य भूमिकामा छन् । यो चलचित्रबाट निश्चल र गरिमाले नायक-नायिकाको रुपमा डेब्यू गरेका छन् । ट्राभल लभस्टोरीमा आधारित चलचित्रमा साम्राज्ञीको जोडी निश्चलसँग बाँधिएको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । चलचित्रको छायांकन लण्डन र पेरिसमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu