दीपक-दीपाको ‘छक्का पञ्जा ४’ फागुन १९ मा



दीपकराज गिरी र दीपाश्री निरौला समुहको प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ४’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार विहान चलचित्रका लेखक, कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फेसबुकमा राजा पात्रको एक तस्विर पोस्ट गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । पहिला यो चलचित्र तिहारको छेको पारेर कात्तिक ४ गते प्रदर्शन हुने चर्चा थियो ।

फागुन १९ मा यसअघि नै ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ गरी तीन चलचित्रले प्रदर्शन मिति तय गरिसकेका छन् । ‘छक्का पञ्जा ४’ले पनि यही मिति आउने भएपछि अब बक्सअफिसमा चार चलचित्र भिड्ने भएका छन् । तर, यो चलचित्रका कारण अरु चलचित्र लाखापाखा लाग्ने सम्भावना प्रवल छ । यसपटक चलचित्रमा राजनीतिक विषयलाई उठाइएको जानकारी प्राप्त छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

हेमराज विसीले चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्रले कमाईमा रेकर्ड बनाउने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu