अष्ट्रेलिया र हङकङपछि दक्षिण कोरियामा विक्री भयो ‘बाबरी’



आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबरी’ गीत-संगीत र ट्रेलरका कारण प्रतिक्षीत बनेको छ । चलचित्रमा समावेश दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ले लोकप्रियता हासिल गरेपछि विदेशी भूमिमा समेत चलचित्रको माग बढेको छ । प्रदर्शन अगावै केही देशको राइट्स निर्माताले विक्री गरिसकेका छन् ।

अष्ट्रेलिया र हङकङपछि यसै साता चलचित्रको दक्षिण कोरिया (सियोल) राइट्स पनि विक्री भएको छ । केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले चलचित्रको दक्षिण कोरियाको राइट्स खरिद गरेका हुन् । निर्मात्री पुष्पालता बुढाथोकीले अन्य देशका लागि पनि कुराकानी चलिरहेको जानकारी दिइन् ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज मगर, धिरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu