‘लाखे’को जापान राइट्स बिक्री



सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर चलचित्र ‘लाखे’को जापान राइट्स बिक्रि गरिएको छ । जापान निवासी युवा व्यावसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा चलचित्रको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिए । टिजरले दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइट्स’का लागि अफर आइरहेको मल्ले बताए ।

जापानपछि केही दिनमै अन्य देशमा चलचित्र बेच्ने तयारी गरिएको उनले सुनाए । सम्राट बस्नेत निर्देशीत चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

कार्तिक ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा तथा संवाद आकाश बरालले लेखेका छन् । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu