‘अन्तिम संस्कार’मा विजय लामादेखि कालीबुढीसम्म



जोमसोम। नेपाली चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सुरु भएको छ । यसअघि ‘गोर्खा: बिनिथ द ब्रेभरी’ निर्देशन गरेका प्रदीप शाहीले निर्देशन गरिरहेको यो चलचित्रको छायांकन हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट सुरु भएको ह

शाई प्रोडक्सन नेपाल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी ‘कालीबुढी’, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको ‘अन्तिम संस्कार’को ४० प्रतिशत छायांकन मुस्ताङमा हुनेछ भने बाँकी छायांकन काठमाडौंमा गरिने निर्देशक शाहीले बताए । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा यसको छायांकन हुने चलचित्रका निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । चलचित्रको छायांकन बाबु श्रेष्ठले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu