गोपालकाजी कायस्थको नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैंचा’को मुहूर्त



नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित भएर चलचित्र बन्न लागेको हो । बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपालकाजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुन् ।

आगामी असोज १० गतेबाट चलचित्र छायांकनमा जाने निर्माण टिम जानकारी गराएका छ । चलचित्रको सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।

चलचित्रमा इन्दिरा लाछिमस्यु, गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहनेछ । चलचित्रमा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ । सोहन मानन्धरको छायांकन रहने चलचित्रमा जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu