सन्तोष सेनलाई दीपकराजको प्रश्न- ‘उद्योग सकिदिने हो ?’



चलचित्र ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै कलाकार सरोज खनालमाथि कठोर टिप्पणी गरेपछि विवाद चर्किएको छ । एकपछि अर्को चलचित्रकर्मीलाई निर्माण टिमले विवादमा ल्याउने काम गरेपछि कलाकार दीपकराज गिरीले मंगलवार फेसबुकमा स्टाटस लेख्दै सबैलाई गाली गरेरै चलचित्र चलाउने हो भनेर निर्माता सेनलाई प्रश्न गरेका छन् ।

उनले भुवन केसी, अनमोल केसी, झरना थापा र आफू हुँदै अब सरोज खनाल पनि निशानामा परेको र यो लिस्ट लामो हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘सबैलाइ गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्‍या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’

उनले हिन्दी भाषामा नियमअनुसार कर तिर्नु पनि आग्रह गरेका छन् । ‘बरु राम्रो कामको लागि नेपाली भाषाको चलचित्रमा एक्स्ट्रा छुट माग सक्किगो त । यति लेखेपछि ‘बाइकट अनमोल’मा मेरो पनि नाम थपौला । निर्देशनअनुसार गाली-गलौज पनि गरौला । तर यति ठूलो तिमीहरूको अन्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसे, मैले चाहिँ सकिनँ माफ पाउँ,’ उनले लेखेका छन् ।

दीपकले आफ्ना सेना र समर्थकलाई सभ्य हुन सिकाउन पनि आग्रह गरेका छन् । ‘प्रेमगीत ३’ चल्दा कसैलाई बेफाइदा नभएको र चलचित्रले बजार बढाउँदा भोली आफूले पनि कमाउने बाटो खुल्ने भएकाले फाइदा नै रहेको बताउँदै दीपकराजले अगाडि लेखेका छन्, ‘सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं । होइन भने एकले अर्कोलाई नसकौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu