‘२ नम्बरी’को शिर्ष गीत तयार पारेर भुषणले जिते ५० हजार



रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको शिर्ष गीतका लागि निर्माणपक्षले केही साता अगाडि प्रतियोगीता नै राखेको थियो ।

शिर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाले चलचित्रको उत्कृष्ट शिर्ष गीत लेखेका छन् । भूषणको यो गीत चलचित्रमा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, चलचित्रको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu