‘सायरा’ निर्माता रघु समानुपातिक सूचीको पहिला स्थानमा



नेपाली चलचित्रका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक सूचीमा नम्बर १ मा परेका छन् । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेपाली जनता दलले हिजो बन्द सूची निर्वाचनमा आयोगमा बुझाएको थियो । जहाँ दलले सिफारिस गरेको सूचीको नम्बर १ मा निर्माता रघु परेका हुन् ।

अन्तराष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभामा २ सय ७५ सांसद रहनेछन् । जसमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको सुचीमा १ नम्बरमा राखिएको छ,’ उनले भने । निर्माता रघुले केही दिन अघि मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा चलचित्र ‘सायरा’ निर्माणको घोषणा गरेका छन् ।

चलचित्रलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने चलचित्रमा आर्यन सिग्देल , सुफीया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । चलचित्र आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिँदैछ । रघुले यसअघि चलचित्र ‘विरांगना’को निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu