सम्पादनभन्दा निर्देशन गर्दा फ्रिडम महशुस हुन्छ : सुरेन्द्र पौडेल



कुशल चलचित्र सम्पादनको रुपमा कहलिएका सुरेन्द्र पौडेलले चलचित्र निर्देशनमा पनि आफूलाई स्थापित गरिसकेका छन् । चलचित्र ‘आभाष’बाट निर्देशकिय यात्रा सुरु गरेका उनले दोस्रो चलचित्रको रुपमा ‘कृ’को निर्देशन गरे । यी दुवै चलचित्रमा उनको निर्देशकिय क्षमताको प्रशंसा भयो । अब, सुरेन्द्र निर्देशित तेस्रो चलचित्र ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

दुई दर्जन बढी चलचित्रको सम्पादन गरिसकेका उनी सम्पादनभन्दा निर्देशन गर्न रमाइलो लाग्ने बताउँछन् । सम्पादन गर्दा निर्देशकले दिएको एउटा दायरामा बसेर काम गर्नुपर्ने भएकाले निर्देशनमा आफ्नो क्रियशन निकाल्न पाइने उनको अनुभव छ । उनी भन्छन्, ‘सम्पादन गर्दा निर्देशकले दिएको बाउन्ड्रीमा बसेर काम गर्नुपर्छ । जब आफैं चलचित्र निर्देशन गरिन्छ तब पौडी खेल्न पाइन्छ ।’

निर्देशक भएर काम गर्दा यो सिनलाई यसरी खिच्छु र कथालाई यसरी भन्छु भनेर निर्णय गर्न सकिने तर सम्पादनमा त्यो छुट नहुने सुरेन्द्रको अनुभव छ । सम्पादनभन्दा निर्देशनमा आफूलाई फ्रिडम महशुस हुने पनि उनले बताए । उनले ‘बाबरी’ आफैंले सम्पादन गरेका होइनन् । निर्देशनसँगै स्क्रिप्ट लेखन आफैंले गरेकाले फ्रेसनेस ल्याउन सुरेन्द्रले सम्पादनमा साथीको सहयोग लिएका छन् ।

‘बाबरी’ अर्ति-उपदेश दिने हिसाबमा नभइ रमाइलो लागि बनाएको र दर्शकलाई रमाइलो गराउनेमा उनी विश्वस्त छन् । ‘चलचित्र हेर्दा क्यारेक्टरहरु हामीले गाउँ-घरमा देखिरहेकै जस्तो लाग्छ । हाम्रो गाउँ-घर वरपरकै कथा छ चलचित्रमा । यो चलचित्रमा सबैभन्दा ठूलो कुरा भिलेन छैन । समय-परिस्थिति भिलेन बनेको छ,’ उनी भन्छन् । चलचित्रमा प्रस्तुतिकरण केही फरक रहेको पनि उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu