काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘रीत’ को सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थित पाहुनाहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पक्षको प्रशंसामा शब्द खर्र्चिएका थिए । प्रिमियर शोमा गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान गरिएको थियो ।

लिम्बू भाषा संस्कृतिमा बनेको चलचित्रमा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । चलचित्रमा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ ईङनाम, सागर केरुङ, याशेली योङहाङ, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भिम थेबे, पुर्ण सेलिङ, रत्न लिङदेन लावती, नन्दु तुम्वापो, एन्जिला नेम्वाङ, राजु घिमीरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङमुको अभिनय छ ।

दिनेश लिङदेन निर्देशित चलचित्रमा होमकुमार लावती, आशा नेम्वाङ र बिष्नु कुमार ईङनाम निर्माता र बसन्त थेबे सह निर्माता छन् । मिक हाङ्ग लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा मान तबेबुङ र अशोक राईको संगीत, मेचु धिमाल, सुसन साम्सोहाङ, मान तबेबुङ र श्रेयसी चेम्जङको स्वर, दिनेश माङमुको कोरियोग्राफी, सागर केरुङको कथा लेखन र सुमन योन्जनको छायांकन छ ।