‘बाबरी’को युरोप राइट्स पनि बिक्री



असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको चलचित्र ‘बाबरी’को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । चलचित्रको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भैसकेको छ । यसैबीच, चलचित्रको युरोप राइट्स पनि बिक्री भएको निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल राइट्स किनेको कम्पनि केन्द्र मोशन पिक्चर्सले खरिद गरेका छन् । यी दुई कम्पनिले चलचित्रको राइट्स किनेकाले अब युरोपमा चलचित्र रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सर्म्पक गर्न निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रले सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भैरहेको निर्देशक सुरेन्द्र पौडेलले बताए । बुधबारदेखि निर्माण टिम दर्शक साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ । जहाँ चलचित्रको निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलिरहेको छ ।

चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu