मकवानपुरकी अनुसँग विवाह गर्दै बुद्दि तामाङ



चर्चित कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । असोज ७ गते शुक्रवार (भोली) मकवानपुरकी अनु थिङ तामाङसँग उनको विवाह हुन लागेको हो । ३९ वर्षको उमेरमा दुलहा बन्न लागेका बुद्धिले अनुसँग मागी विवाह गर्न लागेका हुन् । उनीहरुको विवाह समारोह शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा हुँदैछ । उनीहरुको विवाह तामाङ परम्पराअनुसार हुनेछ ।

३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट अनुसँग भेट भएको बुद्दिले जानकारी दिएका छन् । उनले लामो समयदेखि मिडिया र चलचित्रकर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए । केही समय अगाडि एक अन्तर्वार्तामा उनले बिहेको प्रशंसामा आफ्नो कदका कारण अहिले विवाह गरे बालविवाहको मुद्धामा परिने भन्दै ठट्टा गरेका थिए ।

हरेक प्रकारको भूमिकामा जीवन्त अभिनय गर्ने कलाकारको रुपमा चिनिएका बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । केही वर्षयता उनी हाँस्य चरित्रमा सबैभन्दा बिकाउ कलाकारमा पर्छन् । उनी अभिनीत ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज सर्वाधिक सफल छ । तामाङले ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu